प्रदेश १ मा सरकार गठनका लागि एक सिटे जसपा निर्णायक

File photo
File photo

प्रदेश नम्बर १ मा प्रदेशसभातर्फकाे निर्वाचनकाे अन्तिम मतपरिणाम आइसकेकाे छ।

जसमध्ये प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिटसहित कुल ४० सिट जित्दै नेकपा (एमाले) प्रदेश १ प्रदेशसभामा सबैभन्दा ठुलाे दल बनेकाे छ।

त्यस्तै प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ सिट जितेकाे नेपाली काँग्रेस दाेस्राे र प्रत्यक्ष र समानुपातिक गरी कुल १३ सिट जितेकाे नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) तेस्राे दल बनेकाे छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ र नेकपा (एकीकृत समाजवादी)ले ४ सिट जितेकाे छ भने जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकमा मात्र एक सिट जितेकाे छ।

प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी कुल ९३ सदस्यीय प्रदेशसभा रहेकाे छ। सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ। तर कुनै पनि दलले बहुमत ल्याउन सकेन।

सरकार गठनका लागि कुनै पनि दलको बहुमत नआएपछि मिलिजुली सरकार बनाउन रस्साकस्सी सुरु भएको छ।

एमालेकाे ४०, राप्रपाकाे ६ र जसपाकाे १ सिट गरी एमाले गठबन्धनसँग ४७ सांसद रहेका छन्। जुन सरकार गठनका लागि बहुमत पुग्ने सांसद हाे।

यता सत्ता गठबन्धनसँग ४६ सदस्य मात्र रहेका छन्। गठबन्धनमा कुनै खटपट नआए एमाले गठबन्धनको सरकार बन्ने देखिन्छ।

तर जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगकाे सहकार्य निर्वाचनसम्म मात्र रहेकाे र अब सहकार्य सकिएकाे बताइसकेका छन्।

अब प्रदेश सरकार गठनमा एक सिट जितेकाे जसपाकाे भूमिका निर्णायक हुनेछ। जसपाले जसलाई समर्थन गर्छ, साेही गठबन्धनकाे सरकार बन्ने देखिन्छ।

प्रकाशित मिति: : 2022-12-05 11:55:00

प्रतिकृया दिनुहोस्