पहिलोपोष्ट
यसवर्षको तिहार राम्ररी नसकिँदै वैदेशिक यात्राको जोग मिल्यो। कोरोना महामारीपछिको पहिलो विदेश यात्रा थियो यो।
यसपालीको यात्रामा हामी दक्षिण अमेरिकाको कोलोम्बिया गयौँ। राजधानी बोगोटामा हुने सातौं स्वास्थ्य प्रणाली अनुसन्धानसम्बन्धी विश्व सम्मेलनमा भाग लिन नेपालका केही सहभागीमध्ये हामी पनि थियौं। जसमा एनएसआईका तर्फबाट तीनवटा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।
काठमाडौंबाट बिहान करिब ८ बजे टर्किस एयरलाइन्सको विमानले २० मिनेट ढिला गरेर इस्तान्बुलका लागि उडान भर्यो। आठ घण्टाको उडानपछि हामी करिब स्थानीय समय १ बजे इस्तान्बुल अवतरण भयौँ।
उडान अवधिमा बिहानको नास्ता र खाना उपलब्ध थियो। टर्किस एयरलाइन्सको सेवा राम्रो र भरपर्दो लाग्यो। विगतमा यसैको एक विमान नेपालमा दूर्घटना भएको सम्झना पनि भयो - त्यसैले यो उडान निकै सहज र सुरक्षित लागेको।
टर्कीले इस्तान्बुलमा संसारको केन्द्रका रुपमा यस नयाँ विमानस्थलको निर्माण र सञ्चालन गरेको रहेछ। विमानस्थल टर्मिनल अति आधुनिक। मृत सागर (ब्ल्याकसी)सँगै रहेको यस विमानस्थल निकै विस्तारित र व्यवस्थित पनि। जसमा सबै प्रकारका आधुनिक सुविधाहरु उपलब्ध छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया