बिएल संवाददाता
कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बुधबार बताएका छन्।
मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया), र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी सञ्चालनमा रहेको बताएका छन्।
सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म ४ हजार ५ सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० केजी, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ केजी र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन्।
दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो।
कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले ती खानी परियोजनाबाट सरकारले वार्षिक करिब ४ करोड अमेरिकी डलर कर र रोयल्टी कमाउने अपेक्षा गरिएको बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया