बिएल संवाददाता
कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बुधबार बताएका छन्।
मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया), र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी सञ्चालनमा रहेको बताएका छन्।
सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म ४ हजार ५ सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० केजी, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ केजी र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन्।
दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो।
कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले ती खानी परियोजनाबाट सरकारले वार्षिक करिब ४ करोड अमेरिकी डलर कर र रोयल्टी कमाउने अपेक्षा गरिएको बताएका छन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया