बिएल संवाददाता
बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ।
जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन्।
‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन। लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ। लकडाउनले हामीलाई सोच्न बाध्य बनायो। लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन्।
जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन्।
अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा थिए। उनीहरु प्रायः सँगै रहन्थे। उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ।
इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन्। उनी कैयौं म्युजिक भिडियोमा पनि देखिएकी छन्।
अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए। उनीहरूको एक छोरा अरहान खान छन्। अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए।
अरबाजसँगको डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन्। उनका छोरा अरहान खान बलिउडमा डेब्युको तयारीमा छन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया