बिएल संवाददाता
बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ।
जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन्।
‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन। लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ। लकडाउनले हामीलाई सोच्न बाध्य बनायो। लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन्।
जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन्।
अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा थिए। उनीहरु प्रायः सँगै रहन्थे। उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ।
इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन्। उनी कैयौं म्युजिक भिडियोमा पनि देखिएकी छन्।
अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए। उनीहरूको एक छोरा अरहान खान छन्। अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए।
अरबाजसँगको डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन्। उनका छोरा अरहान खान बलिउडमा डेब्युको तयारीमा छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया