नेपाली किशोरी परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
उत्कृष्ट १० बाट ८ मा पुग्न उनले कयानाडाली गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन्।
भ्याइसका चारजना नै निर्णायकहरूको कुर्सी घुमाउन सफल उनी जन लेजेन्डको टोलीमा छिन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यको सेभेर्ना पार्कमा मार्च २२, २००५ मा जन्मेकी उनी १७ वर्षकी मात्र छिन् ।
सोल नामक ँयुजिकल ब्याण्डमा आवद्ध उनी ब्याण्डकी गीत सर्जक तथा गायिका हुन् ।
यसरी मतदान गर्न सकिन्छ परिजितालाई
परिजितालाई उत्कृष्ट ५ मा पुर्याउन डिसेम्बर ५ मा मतदान गर्न सकिन्छ । NBC.com/VoiceVote र The Voice Official App. डाउनलोड गरेर अमेरिकी पूर्वी समयअनुसार सोमबार साँंझ ८ बजेदेखि मंगलबार विहान ७ बजेसम्म मतदान गर्न सकिन्छ।
७ वर्षदेखि गाउँन थालेकी उनी ४ वर्षको उमेरदेखि नै गुगगुनाउन थालेकी थिइन् ।
उनी अहिले पनि अमेरिकाको पाँचौ ठूलो नेपाली डायस्पोरा रहेको मेरिल्याण्ड राज्यमा बस्छिन्। उनलाई जिताउन यहाँका नेपाली संघ संस्थाहरू अभियान चलाइरहेका छन् ।
उनीहरूले चलाएको अभियानले रङ्ग ल्याउँदा घरदेश तथा परदेशमा रहेका लाखौं नेपालीले मतदान गरिरहेका छन् ।
अब ८ औ स्थानबाट उत्कृष्ट ५ मा पुग्न ठूलो संख्यामा भोट आवश्यक पर्छ। त्यसका लागि घरदेश तथा परदेशमा रहेका नेपालीहरूलाई आव्हान गरिएको छ।
परिजिता अमेरिकी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी पहिलो नेपाली-अमेरिकी प्रतिभा हुन् ।