मुसहर बस्तीको अठोट, १० वर्षदेखि विदेशमा बेपत्ता बहिनी खोज्नेलाई भोट

File Photo
File Photo

देशैभर निर्वाचनको उत्सव चलिरहँदा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ स्थित डिपो गाउँमा रहेको मुसहर बस्तीमा कुनै उत्साह छैन।

सोही बस्तीमा रहेका ३५ वर्षीया लहरी ऋषिदेव र उनका भाइ मनोज १० वर्षअघि वैदेशिक रोजगारीका क्रममा ओमान गएकी बहिनी ‘योजना’ बेपत्ता हुँदासमेत कुनै निकायबाट खोजी कार्यका लागि सहयोग नपाउँदाको पीडामा छन्।

त्यसैले यसपटक उनीहरूले भोट माग्न आफ्नो बस्तीमा आउने नेता–कार्यकर्तालाई बेपत्ता बहिनीको खोजी गरिदिने प्रतिबद्धता भए मात्र भोट दिने अठोट लिएका छन्। 

प्रकाशित मिति: : 2022-11-29 17:15:00

प्रतिकृया दिनुहोस्