लुम्बिनीमा हेभिवेट नेताहरुले चुनाव हार्दा यी उम्मेदवारले मारे बाजी

४ मंसिरमा सम्पन्न आम निर्वाचनमा लुम्बिनी प्रदेशबाट नयाँ पुराना अनुहार प्रतिनिधि सभामा पुगेका छन्। बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट एक जना स्वतन्त्र उम्मेदवारसहित नयाँ पुराना अनुहार यसपटक प्रतिनिधि सभामा देखिने छन्।

केही पुराना अनुहारलाई प्रतिनिधि सभा देख्न पाइने छ। जसमा कांग्रेसका सञ्जयकुमार गौतमदेखि एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, माओवादी केन्द्रका वर्षमान पुन, रेखा शर्मा, नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी पुरानै अनुहार हुन, जो यसअघि पनि प्रतिनिधिसभा थिए।

यसबीचमा केही नयाँ अनुहार पनि प्रतिनिधि सभा पुगेका छन्। जसमा रेशम चौधरीका बुवा लालविर चौधरी बर्दिया २ बाट विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवारी दिँदै एमालेका पंकजसिंह राठौरलाई फराकिलो १० हजार ४३० मतान्तरले हराएका थिए। राठौरले १६ हजार ९० मत प्राप्त गरेका थिए भने चौधरीले २६ हजार ५२० मत प्राप्त गरेका थिए।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै नेकपा (एमाले) ले प्रतिनिधि सभामा आफ्नो प्रतिनिधि पठाएको छ। १२ जिल्लाका २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमालेले लुम्बिनीबाट ११ क्षेत्रमा विजयी प्राप्त गरेको छ। त्यसपछि कांग्रेसले ६, माओवादी केन्द्रले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक ठाउँमा विजयी प्राप्त गरेका छन्।

यी हुन् एमालेबाट विजयी हुने उम्मेदवार

प्युठान १ बाट एमालेका सूर्यबहादुर थापा ४१ हजार ११८ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै बाँके १ बाट २५ हजार ३६ मत प्राप्त गर्दै सूर्यप्रसाद ढकाल, गुल्मी २ बाट २८ हजार ४७६ मत प्राप्त गर्दै गोकर्ण विष्ट, पाल्पा १ बाट ३१ हजार १०३ मत प्राप्त गर्दै नारायणप्रसाद आचार्य, पाल्पा– २ बाट २७ हजार ८१७ मत प्राप्त गर्दै ठाकुरप्रसाद गैरे विजयी भएका छन्।

यस्तै, २७ हजार १४८ मत प्राप्त गर्दै रुपन्देही २ बाट विष्णुप्रसाद पौडेल, ४२ हजार ६७५ मत प्राप्त गर्दै अर्घाखाँची १ बाट टोपबहादुर रायमाझी, २४ हजार ८७२ मत प्राप्त गर्दै रुपन्देही १ बाट छविलाल विश्वकर्मा, ३६ हजार ६७५ मत प्राप्त गर्दै कपिलवस्तु १ बाट बलराम अधिकारी, २२ हजार ६१९ मत प्राप्त गर्दै कपिलवस्तु ३ बाट मंगलप्रसाद गुप्ता र ३६ हजार ८२२ मत प्राप्त गर्दै रुपन्देही ५ बाट बासुदेव घिमिरे विजयी भएका छन्।

यी हुन कांग्रेसका विजयी उम्मेदवार

लुम्बिनीबाट कांग्रेसका ६ जना विजयी उम्मेदवार मध्य दाङ ३ बाट ३६ हजार ८४२ मत प्राप्त गर्दै दीपक गिरी विजयी भए। बाँके ३ बाट २९ हजार ४० मत प्राप्त गर्दै किशोरसिंह राठोर, बर्दिया १ बाट ३० हजार ६११ मत प्राप्त गर्दै संजयकुमार गौतम, नवारासी पश्चिम १ बाट २९ हजार ४९५ मत प्राप्त गर्दै विनोदकुमार चौधरी, कपिलवस्तु २ बाट ३९ हजार १४ मत प्राप्त गर्दै सुरेन्द्रराज आचार्य विजयी भएका छन्।

यी हुन अन्य विजयी उम्मेदवार

रोल्पा १ बाट माओवादी केन्द्रका वर्षमान पुन ४१ हजार ७१४ मत प्राप्त गर्दै विजयी भए। रुकुम (पूर्व)बाट पूर्णबहादुर घर्तीले १२ हजार २६२ र दाङ २ बाट २६ हजार ५६७ मत प्राप्त गर्दै माओवादी केन्द्रका रेखा शर्मा विजयी भएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्मशेर जंगबहादुर राणा बाँके १ २ बाट २९ हजार ५७७ मत प्राप्त गर्दै विजयी भए। राप्रपाबाट नवालपारासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान ३४ हजार ९५९ मत प्राप्त गरेर विजयी भएका छन्।

यस्तै एकिकृत समाजवादी पार्टीबाट दाङ १ बाट २६ हजार ५ सय ६७ मत प्राप्त गर्दै मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला २८ हजार मत प्राप्त गर्दै रुपन्देही ५ बाट प्राप्त गर्दै विजयी भए।

यो समाचार तयार पार्दासम्म रुपन्देही ३ को मत सार्वजनिक भएको छैन। यहाँ गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र राप्रपाका दिपक बोराबीच प्रतिष्पर्धा भइरहेको छ। मत परिणामअनुसार खाँणभन्दा बोहरा अगाडि छन्।

यी हुन हार्ने हेभिवेट

लुम्बिनी प्रदेशबाट केही हेभिवेट भनिने नेताहरुले हार बेहोरेका छन्। जसमा एमालेका महासचिव शंकर पोखरेल १९७ मतले माओवादी केन्द्रकी रेखा शर्मासँग दाङ २ बाट पराजय भए। यसअघि पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन।

यस्तै संघीय संसदका मन्त्री महेश्वरजंग गतहराज (अथक)ले पनि नराम्रोसँग हार बेहोरेका छन्। उनी गठबन्धनबाट उम्मेदवार भएपनि एमालेका सूर्यप्रसाद ढकालसँग बाँके १ बाट पराजित भए। रुपन्देही ५ बाट घनश्याम भुषाल पनि पराजित हुन पुगेका छन्। उनलाई एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिँदै गठबनको आडमा चुनावमा होमिएका थिए। तर, एमालेका छविलाल विश्कर्मासँग पारजित भए।

कपिलवस्तु १ बाट माओवादी केन्द्रका चक्रपाणि खनाल पनि एमालेका बलराम अधिकारीसँग पारजित भए। बाँके २ बाट जसपाका मोहम्मद इस्तियाक राई पनि पराजित भएका छन्। उनी एमाले र रप्रपाको गठबन्धनबाट उम्मेदवार रहेका धवलशम्मशेर जंगबहादुर राणासँग पराजित भएका हुन्।

यस्तै चर्चित अनुहार एमालेकी शान्ता चौधरी, कोमल वली, कांग्रेसकी पुष्पा भुषाल, नेकपा एसकी रामकुमारी झाँक्री पराजित भएका छन्।

प्रकाशित मिति: : 2022-11-26 11:47:00

प्रतिकृया दिनुहोस्