सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन्। २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए। यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन्।
२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए।
चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।