प्रतिनिधिसभातर्फ जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्।
दस हजार ६५ मत गणन गर्दा शाहीले ५ हजार ५६९ मत ल्याएका छन् भने उनलाई पछाइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा कुँवरले २ हजार ३६० मत पाएकी छन्।
त्यस्तै नेकपा (एमाले)का रतननाथ योगीले १ हजार २९५ ल्याएका छन् र नेपाल मजदुर पार्टीका डिल्ली काफ्लेले २ सय २२ मत प्राप्त गरेका छन्। त्यसैगरी ५ सय २५ मत बदर भएको छ।