बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन्।
उपसभामुख अप्सरा चापागाईंले विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेकोले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन्।
थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका छन्।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ।
यसैगरी, विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद पनि बैठकमा अनुपस्थित भएका छन्।
१०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक पर्छ। थापाले ५७ मत पाएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया