मङ्गलबार, २५ अगस्ट २०२६

राप्रपा केन्द्रको कारबाहीमा परेका उद्धव थापा संसदीय दलमा बहुमतमा

News Image
• • •

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

राप्रपाका ७ सांसदले विद्रोह गर्दै विश्वासको मत दिएपछि थापाले आफ्नो पक्षमा ५७ मत पाएका हुन्।

थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका छन्।

राप्रपाका संसदीय दलका नेता उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन्।

सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपाभित्र विद्रोह भएको हो। एमाले सरकारलाई विश्वासको मत दिएको भन्दै राप्रपा केन्द्रले दलका नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ। प्रदेश सभा सचिवालयमा कारबाकी पत्रसमेत राप्रपाले पठाइसकेको छ।

सरकारमा सहभागी हुने विषयले राप्रपा विभाजन उन्मुख बनेको छ। पार्टी केन्द्रले दलको नेतासहित पार्टी सदस्यतासमेत खारेज गरेका उद्धव पौडेल संसदीय दलमा बहुमतमा देखिएका छन्।

थापाको निर्देशन मान्दै ७ सांसदले विश्वासको मत दिएका छन्। ५ सांसद भने पार्टी केन्द्रको निर्देशन मान्दै बैठकमा सहभागी भएनन्।

संसदीय दलको नेतामा बहुमतमा रहेका उद्धव थापामाथिको कारबाही कसरी कार्यान्वयन हुन्छ? त्यो भने आगामी दिनमा देखिने छ। राप्रपाको विवादले मुख्यमन्त्री किरण थापाको आगामी यात्रा कति सहज हुन्छ भन्ने प्रश्न पनि जीवितै छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!