
बिएल संवाददाता
कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ।
निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ। क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए। मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम १२ः३० सम्म सार्वजनिक गरिएको छैन।
सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन।
निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ। प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ। प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया