इंग्ल्यान्ड आईसीसी टी- २० पुरुष विश्वकप क्रिकेटकाे च्याम्पियन बनेकाे छ।
आइतबार अस्ट्रेलियाकाे मेलबर्न क्रिकेट मैदानमा भएकाे फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्ड च्यम्पियन बनेकाे हाे।
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे।
इंग्ल्यान्डको जितमा बेन स्टोक्सले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले।