बिएल संवाददाता
हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडले पक्की भवन पाएकाे छ। कक्षा कोठा अभाव झेलिरहेकाे यस विद्यालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन पाएकाे हाे।
प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका कै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाले भवन अभावमा निकै दु:ख झेलिरहेका थिए। उनका अनुसार चार कोठे भवन निर्माण भएपछि अब विद्यार्थीले राहत महसुस गर्ने छन्। प्रधानाध्यापक शाहीले सरोकारवाला निकायको सहयोगमा भवन निर्माणपछि तीन कोठामा ६ कक्षा सन्चालन गर्नु पर्ने बाध्यता हटेको बताए।
उनले भनिन्, 'बालबालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन्।'
उनका अनुसार ३६ लाख लगानीमा टिनले छाएको दुई तले पक्की भवन निर्माण भएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवन उद्घाटन गरेका छन्। अध्यक्ष शाहीले अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया