 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडले पक्की भवन पाएकाे छ। कक्षा कोठा अभाव झेलिरहेकाे यस विद्यालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन पाएकाे हाे।
प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका कै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाले भवन अभावमा निकै दु:ख झेलिरहेका थिए। उनका अनुसार चार कोठे भवन निर्माण भएपछि अब विद्यार्थीले राहत महसुस गर्ने छन्। प्रधानाध्यापक शाहीले सरोकारवाला निकायको सहयोगमा भवन निर्माणपछि तीन कोठामा ६ कक्षा सन्चालन गर्नु पर्ने बाध्यता हटेको बताए।
उनले भनिन्, 'बालबालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन्।'
उनका अनुसार ३६ लाख लगानीमा टिनले छाएको दुई तले पक्की भवन निर्माण भएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवन उद्घाटन गरेका छन्। अध्यक्ष शाहीले अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया