नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको छ।
सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त रहेको राष्ट्रिय टिमको कप्तान पदमा क्यानले पौडेललाई नियुक्त गरेको हो।
नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ। त्यसैको पूर्वसन्ध्यामा क्यानले शुक्रबार नयाँ कप्तान नियुक्त गरेको हो।