एबिसीमा २ अर्ब मानिसको भावी चिहान भेट्दा!

सेतोपाटी

जीवन क्षेत्री

दसैंको बिदामा अन्नपूर्ण आधार शिविर (एबिसी) जाने योजना थियो।

बाआमाले भन्नुभयो- अरू बाहिरबाट घर आउने बेलामा तिमीहरू किन बाहिर जान्छौ?

हामी रोकियौं र चितवनको सिराइचुली डाँडा उक्लेरै चित्त बुझायौं।

तिहारअगाडि तीन जनाको टोली उकालो लाग्यो एबिसीतिर- म, भाइ र भान्जा।

मानिस भन्थे चार दिन हिँड्नुपर्छ। तर हामी सडक पुगेको झिनुबाट डेढ दिनको हिँडाइमा एबिसी पुग्यौं अनि एकै दिनमा फर्कियौं। तेस्रो दिन साँझ झिनुबाट जीप चढेर घान्द्रुक गएर बस्यौं। चौथो दिन बिहान घान्द्रुक–नयाँपुल पदयात्रा पनि गर्‍यौं।

त्यहाँबाट गाडीमा कुष्मा पुगेपछि मैले पर्वतकै ठूलीपोखरीसम्म अर्को पदयात्रा गरेँ। दुई जना कुष्माकै साहसिक खेलकुदको रमाइलोमा भुले। त्यही दिन मध्यरातमा हामी चितवन पुग्यौं, भोलिपल्ट भाइटीका थियो।

प्रकाशित मिति: : 2022-11-11 17:51:00

प्रतिकृया दिनुहोस्