पार्टीकाे झण्डा बाेकेर ‘डिस्ट्रप’ गर्न खेतमा पुग्ने नकचराहरूलाई लखेटाैँ: प्रकाण्ड

फाइल तस्विर
फाइल तस्विर

नेत्रविक्रम चन्द ‘विप्लव’,नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मंसिर ४ मा हुने चुनाव जनताकाे लागि कागलाई बेल पाक्याे हर्ष न बिस्मात भनेजस्तै भएकाे प्रतिक्रिया दिएका छन्।

चुनाव बहिष्कार कार्यक्रमअन्तर्गत बिहीबार काठमाडाैँकाे शान्तिबाटीमा भएएकाे भण्डाफाेर सभालाई सम्बाेधन गर्दै प्रकाण्डले साे प्रतिक्रिया दिएका हुन्।

‘यो देशको राज्य संचालन ठिक भएन। ५ वर्ष लुट्ने योजनासहित यो निर्वाचन गर्न लागिएको छ। यो चुनावको कुनै अर्थ छैन, कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हो,’ प्रकाण्डले भने।

उनले संसदीय व्यवस्था परिवर्तन नगरेसम्म देशले निकास नपाउने बताउँदै सबै नेपालीलाई चुनाव बहिष्कार गर्ने अनुराेध गरे।

त्यस्तै उनले चुनावी अभियानकाे नाममा उम्मेदवारहरूले अस्वभाविक गतिविधि गरेकाेप्रति आक्राेश पाेखे। ‘लाजै नभएका नकचराहरू किसानको खेतमा पुगेर धान काटेको समेत देखिन्छ, ती धान काट्न गएका जनतालाई डिष्ट्रव गर्नेहरूलाई लखेट्नुपर्ने आवश्यक छ, हाम्राे एक्सन त्यही हाे,’  प्रकाण्डले भने।

उनले जनतालाई धाेका दिने नेतालाई देशबाट लखट्ने बताए।

प्रकाशित मिति: : 2022-11-10 15:48:00

प्रतिकृया दिनुहोस्