प्रदेश १ का मन्त्री तथा कांग्रेसका उम्मेदवार थापाको निधन

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।

मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘१’ काे नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।

निमोनियाका कारण उनी गत असोज २४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो।

ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरेपछि उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो।

नोबेल अस्पतालको न्यूरो डिलक्स क्याबिनको बेड नम्बर ११ मा उपचार गराइरहेका थापा अक्सिजन बिना सास फेर्न नसक्ने अवस्थामा थिए।

२०७४ को निर्वाचनमा उनी कांग्रेसको समानुपातिकबाट संसद बनेका थिए। यसपटक उनी प्रत्यक्षतर्फका उम्मेदवार थिए।

प्रकाशित मिति: : 2022-11-09 11:34:00

प्रतिकृया दिनुहोस्