मोरङ ३ मा रेखाको घरदैलोः मतदाताको उल्लेख्य साथ,आर्शिवाद दिँदै मिलाउँछन हात

तेजन खड्का

विराटनगर
BreaknLinks
BreaknLinks

धेरै जसो उम्मेद्धवारहरुले मंसिर ४ गतेको आम निर्वाचनका लागि भोट माग्न जाँदा गाली खाएको घटनाहरु बाँहिर आईरहेका छन्।

नेताप्रति बितृष्णा जगाएको पाउँने गरिएको छ ,कारण—चुनाव कति आए,गए जनताको समस्या ज्यूँ का त्युँ हुनु। 
यद्यपि, महिला नेतृ रेखा थापा घरदैलोमा पुग्दा निक्कै उत्साह छाउने गरेको पाईएको छ।नेताहरुलाई स्वागत हैन लाठी हान्नुपर्छ भन्ने जनताको अभिव्यक्ति आँईरहँदा रेखालाई भने मतदाताहरुले फूलमालाले स्वागत गर्दै माया दर्शाईरहेका छन्। मत दिने विश्वास दिँलाउदै महिला दिदीबहिनीहरु अंगालो मार्छन्।जेष्ठहरुले शिरमा हात राखेर आर्शिवाद दिन्छन्,अनि अबिर लगाईदिन्छन्। यो क्षेत्रमा एमालेबाट पूर्व मन्त्री भानुभक्त ढकाल र कांग्रेसबाट सुनील शर्मा उम्मेदवार छन्। एमालेको गढ मानिने योे क्षेत्रमा राप्रपा उम्मेदवार थापाले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र)को मत तान्ने निश्चित छ।

पुराना नेताले आश्वासन मात्रै बाँडेको र आफू स्थानीय बासिन्दाका माग पूरा गर्ने उद्देश्यले राजनीतिमा आएको भन्दै नेत्री थापाले मत मागिरहेकी छन्।रेखाको अनुसार चुनावी घरदैलो अभियान एकदमै राम्रोसँग सकारात्मक ढंगले चलिरहेको छ।स्थानीयबासीको घरदैलोमा पुगिरहेकी छु। उहाँहरुको सुखदुःख बुझ्ने काम गरिरहेकी छु। राम्रो माया पाएकी छु,रेखाले भनिन्। 

रेखाले मतदातालाई मतदाता भन्दा पनि आफन्तको रुपमा लिएको बताउँछिन्। 
‘उहाँहरु मतदाता हैन र म मतदाता पनि भन्दिन। मेरा लागि मोरङ क्षेत्र नं ३ का हरेक बासिन्दाहरु आफन्त हुनुहुन्छ।हिजो म आफैं पनि मतदाता बनिरहँदा हाम्रो मत बेचिएको अनुभूति मैले गरेको छु।यस पटक मेरा सबै आफन्तहरुले के भनिरहनु भएको छ भने हिजोका दिनमा खाए खा नखाए घिच भन्ने बाध्यता थियो। हामीसँग विकल्प थिएन—रेखा भन्छिन्‘यो पटक एउटा युवा, त्यसमाथि एक सशक्त महिला।देशले चिनेको एउटा व्यक्ति आएको छ। हामीलाई तँप्रति पूर्ण विश्वास छ भन्नु भएको छ। राम्रो रेस्पोन्स पाएको छु।’

“म यो र ऊ पूरा गर्छु भन्दिनँ, मेरा अजेन्डा पनि छैनन्, तर नेताले बाँडेका झूटा आश्वासनबाट दिक्क भएका जनताका समस्या सम्बन्धित ठाउँमा पुर्‍याउन सक्छु,” उनी भन्छिन्।

अहिलेसम्म यो क्षेत्रका जनताले एमाले, कांग्रेस र माओवादीलाई जिताएको उल्लेख गर्दै यस पटक आफूलाई मत दिन उनले आग्रह गर्दै आएकी छन्। अन्य दलका नेताले जस्तो नेत्री थापा पार्टी प्रवेश गराइरहेकी छैनन्। बरु अन्य दलका कार्यकर्तालाई आफ्नै पार्टीमा बसेर सहयोग गर्न आग्रह गरिरहेकी छन्।

“म पार्टी छाडेर राप्रपामा आउनुस् भन्दिनँ। तपाईंहरू जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमा रहेर नयाँ उम्मेदवारलाई भोट हाल्नुहोस्,” थापाले मतदातालाई सम्बोधन गर्दै भनिन्।

नेत्री थापा गरीब बस्तीमा पुगिरहेकी छन्। उनको आग्रहसँग मतदाता पनि सहमत देखिन्छन्। बेलबारी—८ का ६८ वर्षीय सुबिदार राजवंशीले आफ्नो टोलका ९० परिवारमध्ये अधिकांशले थापालाई मत दिने बताए।“धेरै पार्टीका नेतालाई भोट दियौं, तर हाम्रो घर जाने बाटो बनाएनन्। त्यसैले यस पटक रेखालाई भोट दिन्छौं,” उनले भने।

प्रकाशित मिति: : 2022-11-08 17:47:00

प्रतिकृया दिनुहोस्