नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा खतिवडामाथि कुटपिट भएको हो।
उनी भोट माग्न जादाँ आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयको भनाई छ।