प्रतिस्णा रेग्मी
नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने यतिबेला पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धाराको थुनामा छन्।
बलात्कार आरोपमा उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले उनलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए।
सन्दीप पक्षका वकिलबाट निर्दोष भएको कुनै प्रमाण नभेटेपछि उनलाई थुनामा राखि अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो। सन्दीपले पीडित भनेकी युवतीसँग एउटै कोठामा बसे पनि बलात्कार नभएको बताएका छन्। भने, जाहेरीवालाले सन्दीपले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन्।
उनी तीन साता प्रहरी वृत्त गौशालको हिरासतमा थिए भने गत शुक्रबार अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।
केन्द्रीय कारागार सुन्धारामा लामिछानेसहित अन्य ३ हजार ३ सय ६३ जना कैदी छन्। उनी रहेको कारगारमा ‘बिकिनी किलर’को नामले चिनिएका कुख्यात अपराधी चाल्र्स सोभराज, श्रीमतीको हत्यामा सजाय भोगिरहेका पूर्व डिआइजी रञ्जन कोइराला रहेका छन्।
कारागार स्राेतकाअनुसार लामिछानेको स्वास्थ्य अवस्था एकदमै ठिक छ। सन्दीपको हातमा अहिले हतकडी नभएको र उनी बाहिरभन्दा भित्र एकदम सुरक्षित छन्।
उनलाई त्रिभुवन विमानस्थलबाट हतकडीसहित नेपाल प्रहरीले पक्राउ गरेको थियो। केन्द्रीय कारागार सुन्धारामा सन्दीप एक्लै एउटा कारगरभित्र बसिरहेका छन्। उनलाई भेट्नकाे लागि उनका बुबा–आमा आउने गरेका छन्।
कारागारमा रहेका कैदीहरुको लागि सबै कुराको सुविधा रहेको छ। त्यहाँ मठ मन्दिर, योगा सेन्टर तथा खेल खेल्ने सुविधासमेत रहेकाे छ।
‘कारागारमा त्यस्ताे कुनै समस्या छैन। सन्दीपले पनि अरू कैदीले जस्ताे पूजा–पाठ, याेगा सबै गर्न पाउँछन्,’ केन्द्रीय कारागारका एक अधिकृतले बिएल नेपाली सेवासँग भने,‘सन्दीपले कुनै–कुनै बेला एक्लै क्रिकेट प्राक्टिक्स् पनि गर्छन्।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया