सप्तरीमा निर्वाचन आचार संहिताको खिल्ली : डाक्टर झा उपेन्द्र यादवको प्रचारप्रसारमा

निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भाेट माग्दै हिड्नु हुँदैन्।

यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूकाे मतकाे सही प्रयाेग गर्नु पर्छ। तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्ताे अवस्था छैन। यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलकाे उम्मेदवार जिताउन अग्रमाेर्चामा कुदिरहेका छन्।

डा. रञ्जित झा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्। उनी अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन रातदिन निर्वाचन क्षेत्रमा खटिरहेकाे भेटिन्छ। उनलाई कार्यालयमा भन्दा पनि अचेल सप्तरी क्षेत्र नम्बर २ तिर प्रचार प्रसार गरिरहेकाे भेटिने स्थानीयको भनाई छ।

 यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा पनि डा. झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए झै गरेकाे प्रष्ट देखिन्छ। 

डा. झाकी दिदी रञ्जु ठाकुर पनि जसपाबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार छिन् । नेपाल सरकारको तलब खाने डा. झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्टमार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको विपरीत रहेकाे स्थानीयकाे भनाइ छ। 

यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोजकुमार यादवले खुल्लेआम यादवको प्रचारमा लागेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो। सुधा देव 

प्रकाशित मिति: : 2022-11-05 14:33:00

प्रतिकृया दिनुहोस्