श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

File photo
File photo

उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौँ मानिसहरुले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन्। विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियन र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रायलमा पुगेको थियो।

‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खाना पाउँछन र यो सरकारले बढी भन्दा बढी कर लगाउन बाहेक केही पनि गरेको छैन्। हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौ’ सिलोको शिक्ष युनियनका सचिव जोसेफ स्टालिनले भने।

कीर्तिमानि ढंगमा घटेको विदेशी मुद्रा विनिमय सञ्चितिका कारण टापुका २ करोड २० लाख मानिस इन्धन, खाद्यान्न, खाना पकाउने ग्यास र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात गर्न संर्घष गरिरहेका छन्। जुलाइमा भएको सरकारविरोधी विशाल प्रदर्शनका कारण पूर्व राष्ट्रसित गोटाबाय राजापाक्षेले देश छाड्न बाध्य भएका थिए।

यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ। यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो। 

प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता आवश्यक रहेको सो कार्यलयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-11-05 11:53:00

प्रतिकृया दिनुहोस्