चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो। 

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति: : 2022-11-04 12:12:00

प्रतिकृया दिनुहोस्