क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान सकिएको हो।
सन्दीपको बयान सकिएपनि थुनछेक बहस हुन नपाएपछि आजका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।
१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीमाथि अनुसन्धान गरेको थियो।