उइघुरविरुद्धको अत्याचारबारे तत्काल छानविन ५० देशको आग्रह

सिन्जियाङ क्षेत्रमा ‘गम्भीर र व्यवस्थित’ मानवअधिकार उल्लंघनका लागि चीनको निन्दा गर्दै ५० देशहरूले राष्ट्रसंघको बहसको क्रममा उइघुरविरुद्धको अत्याचारमा तत्काल ध्यान दिन आग्रह गर्दै एक विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

‘हामी जनवादी गणतन्त्र चीनमा मानव अधिकारको अवस्था विशेष गरी सिनजियाङमा उइघुरहरू र अन्य मुस्लिम अल्पसंख्यकहरूको चलिरहेको मानवअधिकार उल्लंघनको बारेमा गहिरो चिन्तित छौं’, ती देशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, अष्ट्रेलिया, टर्की, इजरायल, ग्वाटेमाला  सोमालियालगायत ५० देशले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-01 14:07:00

प्रतिकृया दिनुहोस्