सुधा अत्रि
म्यान्मारको सैन्य ‘जुन्ता’ले प्रजातन्त्र समर्थित सशस्त्र विद्रोही संगठनमाथि सोमबार हवाई आक्रमण गरेको छ।
उत्तरी कचिन प्रान्तको सबैभन्दा शक्तिशाली जातीय समूह कचिन स्वतन्त्र संगठनको एउटा महत्वपूर्ण उत्सवमा सैन्य हमला भएको अधिकारीहरूले जनाएका छन्।
सेनाको आतंकबाट कैयौँ मानिसहरूले ज्यान गुमाएका छन्। म्यान्मारको सशस्त्र विद्रोही समूह कचिन स्वतन्त्र संगठनले आफ्नो ६२औँ वार्षिकोत्सव मनाउँदै गर्दा सरकारी सेनाले आक्रमण गरेको हो।
आक्रमणबाट मारिनेहरू विद्रोही सैनिक समूहका शीर्ष अधिकारीदेखि स्थानीय व्यवसायीसमेत छन्। उत्सवमा सहभागी भएका थ्रुपै जनकलाकारको मृत्यु भएको कचिन कलाकार संघका प्रवक्ताले जनाएका छन्।
एसियाली मानवअधिकार समूहले म्यान्मारको सत्तारुढ सेनाले ‘युद्ध–कानून’ उल्लंघन गरेको आरोप लगाएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारमा हतियार र हवाई इन्धन प्रतिबन्ध लगाउनसमेत आग्रह गरेका छन्।
म्यान्मारमा सन् २०२१ फेव्रुअरीमा ‘जुन्ता’ले जनताको सत्ता कब्जा गरेपछिको सबैभन्दा क्रूर हमाई आक्रमण ठानिएको छ।
कचिन स्वतन्त्र सेनानिकट स्रोतका अनुसार आइतबार राति सैन्य विमानले वार्षिकोत्सव–स्थलमा चारवटा बम खसालेको थियो। त्यो कार्यक्रममा तीन सयदेखि पाँच सयसम्म मानिसहरू भेला भएको स्थानीयहरू बताउँछन्।
देशको सुदूरउत्तरमा भएको सेनाकाे हवाई आक्रमणले ठूलो जनधनको क्षति भएको कचिन गोर्खा बटालियनका एक अधिकारीले पुष्टि गरेका छन्। कचिन स्वतन्त्र संगठन म्यान्मारको बलियो जातीय विद्रोही समूह हो।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया