यी हुन् बिहान यौनसम्पर्क गर्नुका फाइदाहरू

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

सामान्यतया याैन सम्पर्क दिनकाे जुनसुकै समयमा गर्दा पनि उचित नै मानिन्छ। तथापि, बिहानकाे याैन सम्पर्क अरूकाे तुलनामा बढी लाभदायक हुन्छ।

बिहानकाे याैन सम्पर्कले शरीरलाई स्वस्थ राख्ने काम गर्नुका साथै दम्पतीहरूबीचकाे विश्वासलाई बढाउँछ र सम्बन्धलाई झनै बलियाे बनाउँछ।


यी हुन् बिहानमा याैन सम्पर्क गर्नुका फाइदा–


१) कसरत

बिहानी समयकाे याैन सम्पर्क कसरतकाे उत्कृष्ट विकल्प हुन सक्छ। यसले जिममा गरिने कसरतकाे रूपमा काम गर्छ। अनुसन्धानले देखाएअनुसार यौन क्रियाकलापको एक घण्टामा जलेकाे क्यालोरीको संख्या तपाईंले तपाईंले ३० मिनेट दाैडेर जलाएकाे क्लालाेरी बराबर हाे।

२) मनोवैज्ञानिक स्वास्थ्यमा सुधार

यदि तपाईंले बिहानकाे पहिलाे कामकाे रूपमा याैन सम्पर्क राख्नु भयाे भने यसले तपाईंलाई दिनभरि खुसी र स्वस्थ रहन मद्दत गर्छ। यसले तपाईंको दिमागलाई दिनभरि तनाव र चिन्ता कम गरेर राम्रोसँग काम गर्न सहयाेग पर्‍याउँछ। अनुसन्धानका अनुसार बिहानकाे याैन सम्पर्कले शरीरमा सकारात्मक प्रभाव पार्छ।

३) प्रतिरक्षा प्रणालीमा सहयाेग

नियमित रूपमा बिहान याैन सम्पर्क गर्ने व्यक्तिहरूकाे प्रतिरक्षा प्रणालीले राम्राेसँग काम गर्छ। यसले तपाईंको शरीरलाई भाइरस, रोग र कीटाणुहरूबाट बचाउन सक्छ।

४) सम्बन्धमा सुमधुरता

आफ्नो पार्टनरको मायालु स्पर्शले शरीरमा एन्डोर्फिनको स्तर बढ्छ र प्रायः दम्पतीहरू बीचको विश्वासको स्तर र घनिष्टतामा वृद्धि हुन्छ, जसले सम्बन्धलाई लामो समयसम्म टिक्न मद्दत गर्दछ।

५) छालामा फाइदा

बिहानपख हुने याैन क्रियाले तपाईंकाे छालालाई चिल्लाे र अधिक चम्किलाे बन्न सहयाेग गर्छ। जसले तपाईंकाे आत्मविश्वास बढाउनमा मद्दत गर्छ।

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-03-15 05:05:00

प्रतिकृया दिनुहोस्