बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ।
आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि अनुसन्धान गर्नका लागि चाैथाे पटक म्याद थप गरेको हाे।
यसअघि असोज २४ र २७ तथा कात्तिक २ मा उनीमाथि अनुसन्धानका लागि म्याद थप गरिएको थियो।
एक १७ वर्षीया किशोरीले बलात्कार आरोपमा भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि सन्दीप क्याप्टेनबाट निलम्बनमा परेका थिए। उनलाई असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।