जनमत : पाँच पटक प्रधानमन्त्री बनेर केही गर्न नसक्ने नेताभन्दा स्वतन्त्र नै ठिक (भिडियाे)

BreaknLinks
BreaknLinks

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेताहरूले उम्मेदवारी दर्ता गरेसँगै सबैलाई चुनावी चटारोले छोपिसकेको छ। निर्वाचनका लागि नेतादेखि कार्यकर्तालाई भ्याइनभ्याइ छ। पार्टीहरु पनि आफ्ना घोषणा पत्र बनाउन र प्रकाशन गर्न दोडधुपमा लागिपरिरहेको छ।

निर्वाचन नजिकिँदै गर्दा मतदाताहरु आ–आफना विचार भएका तथा काम गर्ने उम्मेदवारलाई भोट हाल्ने योजनामा छन्।

उनीहरु पार्टीका मान्छेले वर्षैसम्म पदमा रहँदा किलोसम्म उकाउन नसकेको बताउँदै आगामी निर्वाचनमा स्वतन्त्र व्यक्ति अगाडि आउनुपर्ने बताउँछन्। भने, अर्कोतिर युवा उम्मेदवारले अहिलेका मान्छे कुरा बुझने क्षमता र इच्छाशक्ति हुने हुँदा स्वतन्त्र व्यक्तिलाई भोट हाल्ने पक्षमा रहेका छन्।

आगामी निर्वाचनमा कस्ता उम्मेदवार अगाडि आउनुपर्छ ? मतदाताले कस्ता उम्मेदवार चाहन्छन् ? भन्ने प्रश्न काठमाडौँको नयाँ बनेश्वरमा भेटिएका मानिसहरूलाई सोधेका छौँ:

भिडियाे:

प्रकाशित मिति: : 2022-10-20 18:30:00

प्रतिकृया दिनुहोस्