नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नवौं महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः चयन गरेको छ।
कपिलवस्तुमा सम्पन्न भएको नेकपाको नवौं महाधिवेशनबाट उनी फेरि महासचिवमा चयन भएका हुन्।
महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्। स्राेतका अनुसार पाँच जना सदस्य पछि थपिने छन्।
नेकपाले केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निर्माण गरेको छ।