कृत्रिम फूलमालाले छपक्क बजार

तिहार नजिकिँदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूलमालाले ढपक्क छोपिएका छन्। फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ।

तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन्।

प्लाष्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आर्कषक देखिने भएकाले पनि पछिल्लो समय कृत्रिम फूलको प्रयोग गर्नेको संख्या बढेको छ। नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृत्रिम फूूलका मालातर्फ सबैको आकर्षण बढेको छ।

आर्थिक हिसाबले पनि सस्तो पर्ने भएकाले कृत्रिम फूलमाला तिर आकर्षण बढेको पाइन्छ। प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्नुपरे तानसेनका व्यपारीहरु बताउँछन्।

पछिल्ला वर्ष कृत्रिम फूलको माग बढ्दो छ। अधिकांशले घर आगँनमा फूल नै नरोप्ने र रोपे पनि समयमा नफुल्ने हुँदा कृत्रिम फूलको माग निरन्तर बढिरहेको हो।

प्रकाशित मिति: : 2022-10-17 15:12:00

प्रतिकृया दिनुहोस्