समुन्द्री तटमा रमाइरहेका बिहारी लालु

भारतकाे बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव यतिबेला उपचारका लागि सिंगापुर पुगेका छन्।

उनी लामाे समयकाे जेल बसाइँपछि छाेरीसँग सिंगापुर गएका हुन्।

जेलमा रहँदा गम्भीर बिरामी रहेका उनी सिंगापुर पुगेपछि समुन्द्री तटमा हिँडिरहेका छन्। रमाइरहेका छन्।

लालुकाे फुर्तीकाे रूप देखेपछि भारतीय जनता पार्टीका नेताहरू उनीमाथि सामाजिक सञ्जालमा खनिएका छन्।

प्रकाशित मिति: : 2022-10-16 08:58:00

प्रतिकृया दिनुहोस्