पाकिस्तानमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ४ घाइते

बिएल संवाददाता

इस्लामावाद
File photo
File photo

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन्।

अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो। सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।

 उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन्। अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको  जिम्मा लिएका छैनन्।

प्रकाशित मिति: : 2022-10-15 11:30:00

प्रतिकृया दिनुहोस्