कांग्रेस केन्द्रिय सम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दैछ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ।

सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्यालगायतमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2022-10-14 06:32:00

प्रतिकृया दिनुहोस्