हङकङले पर्यटक लोभ्याउन ५ लाख नि: शुल्क हवाई टिकट दिने

हङकङले आर्थिक पुनरुत्थानका लागि पर्यटकलाई लोभ्याउन ५ लाख नि:शुल्क हवाई यात्रा टिकट उपलब्ध गराउने भएकाे छ। 

लामो समयदेखिको अनिवार्य होटल क्वारेन्टाइन आवश्यकता हटाएको केही दिनपछि, हङकङले पर्यटन प्रवर्द्धन गर्नका लागि ५ लाख एयरलाइन टिकटहरू दिने योजनाको पुष्टि गरेको सिएनएनले जनाएको छ।

कोरोना महामारी अघि हङकङमा वार्षिक लगभग ५ करोड ६० लाख पर्यटकको भ्रमण गरेको तथ्यांक छ। दुई वर्ष भन्दा बढी विश्वको सबैभन्दा कठिन यात्रा प्रतिबन्धहरूपछि पर्यटकहरूको मन जित्न यो देशले महत्त्वपूर्ण कदमहरू अगाडि सारेको छ।

दुई वर्ष पहिले घोषणा गरिएको यो कदम, एयरपोर्ट अथोरिटी हङकङका प्रवक्ताका अनुसार यस योजनाअन्तर्गत अन्तर्राष्ट्रिय पर्यटक र त्यहाँका बासिन्दालाई २५४.८ मिलियन डलर बराबरको ५ लाख टिकट दिइनेछ।

'सन् २०२० मा, एयरपोर्ट प्राधिकरण हङकङले उड्डयन उद्योगलाई सहयोग गर्न स्वदेशि एयरलाइन्सबाट करिब ५ लाख हवाई टिकट अग्रिम राहत प्याकेजको एक भागको रूपमा खरिद गरेको थियो' प्रवक्ताले भने, 'खरीदले एयरलाइन्सहरूमा अग्रिम तरलता कम गर्ने उद्देश्यलाई पूरा गर्दछ, जबकि टिकटहरू बजार पुनःप्राप्ति अभियानमा विश्वव्यापी आगन्तुकहरू र हङकङका बासिन्दाहरूलाई दिइनेछ।'

एयरलाइन्ससँग सम्बन्धित व्यवस्था गरिसकेपछि थप विवरणहरू घोषणा गरिने बताइएको छ।

'हामी हङकङलाई पुन: जोड्न र हाम्रो अर्थतन्त्रलाई पुनरुत्थान गर्न अधिकतम ठाउँ दिने आशा गर्छौं' हङकङका प्रमुख कार्यकारी जोन लीले शुक्रबार पत्रकार सम्मेलनमा भने। तर जब होटल क्वारेन्टाइन हटाइएपनि , हङकङका आगन्तुकहरूले अझै पनि आइपुग्नु अघि र पछि विभिन्न नियम र प्रतिबन्धहरूको सामना गर्न पर्नेछ।

आगमनको बेला अन्तर्राष्ट्रिय यात्रीहरूले प्रवेश गर्नु अघि पूर्व उडान खोप प्रमाणपत्र, साथै नेगेटिभ पिसिआर परीक्षण र द्रुत एन्टिजेन परीक्षण पेश गर्नुपर्छ।

एकपटक उनीहरूलाई प्रवेश गर्न अनुमति दिइएपछि, आगन्तुकहरूले तीन-दिनको आत्म-निगरानी अवधि गुजार्नु पर्ने हुन्छ, जुन अवधिमा उनीहरूलाई रेस्टुरेन्टहरूमा खाना खान वा बारहरूमा जान निषेध गरिएको छ।

आगन्तुकहरूले आगमन पछि २, ४ र ६ दिनमा पीसीआर परीक्षणहरू पूरा गर्न आवश्यक छ र सात दिनको लागि प्रत्येक दिन द्रुत एन्टिजेन परीक्षण गर्न पर्नेछ।

प्रकाशित मिति: : 2022-10-13 12:37:00

प्रतिकृया दिनुहोस्