मलेसियाको संसद विघटन

बिएल संवाददाता

क्वालालम्पुर
Photograph: Anadolu Agency/Getty Images

मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन्। मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विाघन गरेका हुन्।

निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ। नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ। संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो। तर इस्माइलले संसद भंग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो।

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन्। ‘हिजो मैले राजालाई भेटे। संसद विघटन गर्न मैले उनको अनुमति लिए। र, संसद विघटन गर्न राजा राजी हुनु भयो,’ इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-11 08:55:00

प्रतिकृया दिनुहोस्