नेपालको वामपन्थी आन्दोलनमा स्थापित नेता हुन्, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ। भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरूको नेताका रूपमा उनीहरूको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका छन्।
कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन्। विक्रम संम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रूपमा जन्मिएका पोखरेल जनताको बहुदलीय जनवाद 'जबज' का व्याख्याता हुन्।
२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/२०६३ को जनआन्दोलनमा काठमाडाैँको आन्दोलनको नेतृत्व गरेका थिए। गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडाैँमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए।
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए। माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलहरूमा उनको सक्रिय सहभागीता रहने गर्दथ्यो।
माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए। जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लिएका थिए। संविधान सभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए। राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए।
अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पार्टीको आठाैँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रूपमा स्विकार गरेको थियो।
राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरूका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत महासचिव पाेखरेलको नेतृत्वकारी भूमिका रहने गरेको छ। उच्चस्तरको वैचारिक क्षमता र कुशलवक्ताको रूपमा उनले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरूमा पर्छन्।
त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन्। आर्थिक, सामाजिक विकास र रूपान्तरणका सन्दर्भमा उनका सोचहरूलाई पार्टीको नवाैँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा आत्मसात गरेको थियो। राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रूपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिकामा रहेर उत्कृष्ट कार्य गरेका थिए।
नेपाली राजनीतिको भविष्यका रूपमा हेरिएका पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्रनम्वर २ (ख) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेलेका पोखरेलले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेशका रूपमा स्थापित गरेका छन्। राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गरेका पोखरेलले पार्टी समस्यामा परेको बेला नेतृत्वदायी भूमिका खेल्दै आएका छन्।
लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रिय छन्। नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरूपता कायमगर्न सक्ने नेताहरू मध्ये एक हुन्।
विगतमा पार्टी सचिवका रूपमा काम गरी सकेका पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरू प्रकाशित छन्। उनले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाएका छन्। पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरूको सम्पादन पनि गरेका छन्।
एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो। केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गरेका थिए। पटकपटक जेल र दर्जनौं पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरू मध्ये हुन्।
एमालेको भविष्यका रूपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित भएका थिए। पोखरेलले हाल नेकपा (एमाले)को तर्फबाट दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्।
संक्षेपमा शंकर पोखरेलः
– विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान।
– त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक।
– आर्थिक सामाजिक विकास र रूपान्तरणका सन्दर्भमा उहाँका सोचहरूलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रूपमा आत्मसात।
– नेपालको वामपन्थी आन्दोलनमा स्थापित नेता।
– जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका।
– विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता।
– अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष।
– अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह।
– २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका।
– २०६२/२०६३ को जनआन्दोलनमा काठमाडाैँको मोर्चाबाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडाैँ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता।
– माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा शान्ति पदयात्राको नेतृत्व
– माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव।
– एमालेको साताैं महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश।
– ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित।
– छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका।
– राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव।
– आठाैं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रूपमा स्विकार।
– केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन।
– साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरूको सम्पादन साथै एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन।
– नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरूपता कायम गर्न सक्ने नेताहरू मध्ये एक।
– लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका।
– दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित।
– मंसिर ४ गते हुने निर्वाचनमा दाङ क्षेत्रनम्वर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार