अमरसिंह पुनले गठबन्धनबाट रोल्पा (ख) मा दर्ता गराए उम्मेदवारी

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सत्ता गठबन्धनको तर्फबाट रोल्पा (ख) मा उम्मेदवारी दर्ता गरेका छन्।

माओवादी नेता तथा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी र कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यमार्फत् सभापति पुनले उम्मेदवारी दर्ता गरेका हुन्।

माओवादी र कांग्रेसबीच एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादी तथा प्रदेश ((ख) कांग्रेसले पाउने सहमति भएपछि उनी उम्मेदवार बने।

यो क्षेत्रमा नेकपा (एमाले)ले युवा नेता प्रेम घर्तीलाई उम्मेदवार बनाएको छ।


रोल्पामा अमरसिंह पुनको ‘इन्ट्री’, देउवाले दिए शुभकामना


प्रकाशित मिति: : 2022-10-09 15:18:00

प्रतिकृया दिनुहोस्