अन्तत: नेकपा (एमाले)ले रूपन्देही क्षेत्र नं ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएकाे छ। घिमिरे केन्द्रीय स्थानीय विभाग सदस्य, पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख हुन्।
यसअघि उनी रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए। क्षेत्र नं ५ मा यसअघि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको नाम एकल सिफारिस भए पनि उनको कार्यकाल बाँकी रहेकाले पाटीले उनलाई रोकेको हो।
घिमिरे तिलोत्तमा नगरपालिका प्रमुखको रुपमा उत्कृष्ठ कार्य सम्पादन गरेर चर्चामा आएका नेता हुन। घिमिरेले टिकट पाएसँगै उनको देशव्यापी चर्चा सुरु भएको छ।