नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गरेपछि सुनसरी क्षेत्र नम्बर १ जसपाको भागमा परेको छ। तालमेलबाट यो क्षेत्र जसपाको भागमा परेपछि एमालेका नेताहरु असन्तुष्ट बनेका छन्।
आफ्नो पकड रहेको भन्दै एमालेले सो क्षेत्र छाडेकोमा एमालेका नेता कार्यकर्ताहरुमा असन्तुष्टि देखिन थालेको छ। तालमेलमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य एवं पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उनी धरानका पूर्व मेयर पनि हुन्।
सो क्षेत्रबाट एमलेले जयकुमार राईको एकल नाम सिफारिस गरेको थियो। सो क्षेत्रमा जसपाबाट अशोक राई उम्मेदवार बन्ने भएका छन्।