नेकपा (माओवादी केन्द्र)ले मोरङमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। गठबन्धनबाट माओवादीले मोरङमा दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा पाएको छ।
माओवादीले अघिल्लो निर्वाचनमा जितेको मोरङ ४ र ५ बाट उम्मेदवार टुंगो लगाएको छ। मोरङ ४ बाट अमनलाल मोदीले टिकट पाएका छन्।
यस्तै क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलले टिकट पाएका छन्। उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।
मोरङ क्षेत्र नम्बर १ को प्रदेश (क) बाट कुशल लिम्बूले टिकट पाएका छन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए।
क्षेत्र नम्बर २ (क) बाट माओवादीका प्रदेश सचिव गणेश उप्रेती (शुशिल) ले टिकट पाएका छन्। मोरङ ६ (ख) बाट प्रचण्डका ज्वाँइसमेत रहेका जीवन आचार्यले टिकट पाएका छन्। उप्रेती र आचार्य अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका थिए।