प्रचण्डलाई गोरखामा बाबुरामको स्वागत, दिए जितको शुभकामना

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा स्वागत गरेका छन्।

डा. भट्टराईकै प्रस्तावमा प्रचण्ड अन्तिम समयमा गृहजिल्ला चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न तयार भएका हुन्।

माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा गोरखा–२ बाट उठाउने निर्णय गरिसकेको छ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु,’ उनले भनेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना!’

प्रकाशित मिति: : 2022-10-08 07:29:00

प्रतिकृया दिनुहोस्