जसपासँगको गठबन्धनले सुनसरी १ मा जयकुमारले टिकट पाएनन्, २ मा आचार्य 

नेकपा (एमाले)ले सुनसरी क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा) लाई छाडेको छ। अन्य निर्वाचन क्षेत्रमा भने एमालेले उम्मेदवार टुंगो लगाएको छ।

सुनसरी क्षेत्र नम्बर २ बाट भीम आचार्य, ३ बाट भगवती चौधरी र ४ बाट जगदिश कुसीयैत उम्मेदवार बनेका छन्।

जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि एमालेले सुनसरी एक छाडेको हो। यो क्षेत्रमा एमालेका जयकुमार राई उम्मेदवार बन्ने तयारीमा थिए। एमाले स्रोतका अनुसार सुनसरीमा एमालेले जसपालाई प्रदेश र संघको एक/एक निर्वाचन क्षेत्र दिएको छ।

सुनसरी क्षेत्र नम्बर १ को प्रदेश (क) मा रमेश बस्नेत, (ख) मा विजय राई, २ (क) मा रेवतीरमण भण्डारी, (ख) मा रामप्रसाद मेहता, ३ (क) मा रोहित प्रसाई र (ख) बाट रामदेव मेहताले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ (क) जसपालाई छाडेर (ख) मा एमालेले अब्बास मियाँलाई टिकट दिएको छ।

जसपाबाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति: : 2022-10-07 21:31:00

प्रतिकृया दिनुहोस्