एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ वार्तामा

आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा (एमाले)ले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तिव्रता दिएको छ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहीबार राति अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि 'निर्णायक' बार्ता गर्दैछ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो। दुवै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभुत बनाइएको नेताहरुले जनाएका छन।

प्रकाशित मिति: : 2022-10-07 12:42:00

प्रतिकृया दिनुहोस्