आगमी ४ मंसिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन्।
पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण बिहीबार अपरान्ह बोलाइएको सो बैठक बस्न नसकेपछि शुक्रबार अपरान्ह १२ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको हो। जनता समाजवादी पार्टी, नेपाल बाहेक अन्य चार राजनीतिक दलहरुको बैठक सकिएलगत्तै सो बैठक सुरु हुने कांग्रेसका नेताहरुले जनाएका छन।
सो बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने छ। २३ असोजभित्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा नाम दर्ता गराउनुपर्ने बाध्यताका बिचमा सो बैठक बस्न लागेको हो।