बिएल संवाददाता
१२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङका ५ वटा प्रदेश निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारको टुङ्गो लागेको छैन्। आकांक्षी उम्मेदवारबीच कुरा मिलाउन नसक्दा उम्मेदवार टुङ्गो नलागेको हो।
एमाले स्रोतका अनुसार मोरङ १ (क) मा रुपेश खतिवडा र उमाकान्त गौतम, १ (ख) मा डिल्लीराम अधिकारी र खड्ग बस्नेतबीच कसलाई टिकट दिने भन्नेबारे छलफल भइरहेको छ। २ (क) मा मेघराज कट्टेल र डिबी कार्कीका विषयमा छलफल भइरहेको छ।
यस्तै ६ (क) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालसहित रिता न्यौपाने र नागेश पोखरेलका विषयमा छलफल भइरहेको छ। मोरङ ५ (ख) मा अन्य पार्टीबाट एमालेमा प्रवेश गराएर टिकट दिने चर्चा छ। त्यसका अलवा दिलसाद आलम, नाजिम मिया र भुपराज राईका विषयमा पार्टीले छलफल गरिरहेको छ।
एमाले स्रोतकाअनुसार मोरङ ५ (ख) मा जसपाबाट एमाले प्रवेश गराएर उम्मेदवार बनाउन सक्ने सम्भावना छ। एमाले मोरङले सबै निर्वाचन क्षेत्रका उम्मेदवार भोली टुङ्गो लगाउने बताएको छ। प्रतिनिधिसभा उम्मेदवारको भने टुङ्गो लागिसकेको एमाले स्रोतले बताएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया