बिएल संवाददाता
१२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङका ५ वटा प्रदेश निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारको टुङ्गो लागेको छैन्। आकांक्षी उम्मेदवारबीच कुरा मिलाउन नसक्दा उम्मेदवार टुङ्गो नलागेको हो।
एमाले स्रोतका अनुसार मोरङ १ (क) मा रुपेश खतिवडा र उमाकान्त गौतम, १ (ख) मा डिल्लीराम अधिकारी र खड्ग बस्नेतबीच कसलाई टिकट दिने भन्नेबारे छलफल भइरहेको छ। २ (क) मा मेघराज कट्टेल र डिबी कार्कीका विषयमा छलफल भइरहेको छ।
यस्तै ६ (क) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालसहित रिता न्यौपाने र नागेश पोखरेलका विषयमा छलफल भइरहेको छ। मोरङ ५ (ख) मा अन्य पार्टीबाट एमालेमा प्रवेश गराएर टिकट दिने चर्चा छ। त्यसका अलवा दिलसाद आलम, नाजिम मिया र भुपराज राईका विषयमा पार्टीले छलफल गरिरहेको छ।
एमाले स्रोतकाअनुसार मोरङ ५ (ख) मा जसपाबाट एमाले प्रवेश गराएर उम्मेदवार बनाउन सक्ने सम्भावना छ। एमाले मोरङले सबै निर्वाचन क्षेत्रका उम्मेदवार भोली टुङ्गो लगाउने बताएको छ। प्रतिनिधिसभा उम्मेदवारको भने टुङ्गो लागिसकेको एमाले स्रोतले बताएको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया