बिएल संवाददाता
अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ। यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन्। उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन्।
प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन्। ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ। तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने...। धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ। यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन्।
फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन्। फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ। फिल्मले भगवान रामको गाथा बोल्नेछ। टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन्। उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया