बिएल संवाददाता
अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ। यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन्। उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन्।
प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन्। ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ। तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने...। धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ। यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन्।
फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन्। फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ। फिल्मले भगवान रामको गाथा बोल्नेछ। टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन्। उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया