काबुल विस्फोटमा परीक्षार्थीसहित १९ जनाको मृत्यु

Photo - afp
Photo - afp

अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए। आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन्। 

आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन्। स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ।
 

प्रकाशित मिति: : 2022-10-01 07:37:00

प्रतिकृया दिनुहोस्