
बिएल संवाददाता
गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ।
निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।
गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो। नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख ग्रुस गरेको सेनले जानकारी दिए।
नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार १.१५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड ग्रस गरेको निर्माता तथा निर्देशक सेनले बताए। उनका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्म नेपालमा ७.९६ करोड रुपैया ग्रस गरेको छ।
यसैगरी भारतमा दुवै भाषाको संस्करणमा गत शुक्रबार १.१२ करोड, शनिबार ०.८३ करोड, आइतबार ६४.४९ लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख बिहीबार १२.१० लाख ग्रस गरेको सेनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। उनका अनुसार भारतमा एक साताको ग्रस ३.४४ करोड भारतीय रुपैयाँ ग्रस गरेको हो।
नेपाल र भारतबाहेक ओभरसिज प्रेमगीत ३ को कमाइ ६.२१ करोड भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए।
सेनका अनुसार ओभरसिज नेपाली हिन्दी संस्करणबाट गत शुक्रबार १.६७ करोड, शनिबार १.२३ करोड, आइतबार ७९.३० लाख, सोमबार ८९.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र बिहीबार ४६.१५ लाख ग्रस गरेको हो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया